citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

राजदूत सुवेदी विश्व व्यापार सङ्गठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्वाचित

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार सङ्गठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । आगामी एक वर्षे कार्यकालका लागि सुवेदी निर्विरोध निर्वाचित भएका हुन् ।

सङ्गठनको १२ जनवरी २०२४ मा बसेको जनरल काउन्सिलको बैठकले राजदूत सुवेदीलाई निर्वाचित गरेको हो ।

बैठकले नेपालका राजदूतसहित विभिन्न समितिका लागि आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचनका लागि गरेको प्रस्तावमा विश्व व्यापार सङ्गठनका सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए ।

नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भए पश्चात् उक्त सङ्गठनको टियर १ तहको अध्यक्ष पदमा नेपालका राजदूत निर्वाचित भएको पहिलो अवसर हो ।

 

gold
himalayan life insurance long ad