evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

सहकारी महासंघकाे अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित भएकी छिन। महासंघको ३१औं साधारण सभाले मल्ललाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेकाे छ ।

साधारण सभाले अध्यक्ष मल्लसँगै २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । महासंघको अध्यक्षमा निर्वाचित हुने मल्ल पहिलो महिला हुन ।

०५० सालमा स्थापना भएको महासंघमा यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिइन् । राष्ट्रिय प्रतिनिधिमा आफू अल्पमतमा पर्ने भएपछि नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र ) निकट सहकारीकर्मीले निर्वाचन बहिष्कार गरेपछि सबै पदमा एमाले र नेकपा एकीकृत समाजवादी निकटका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

राष्ट्रिय प्रतिनिधिको संख्याका आधारमा महासंघमा भागबन्डा हुँदै आएको थियो । यस पटक पनि निर्वाचनका लागि २ सय ८७ जना प्रतिनिधि छानिएका थिए । तीमध्ये नेपाली कांग्रेसका ७१ जना, माओवादी केन्द्रका ३८ जना र बाँकी एमाले तथा नेकपा (एकीकृत समाजवादी)का प्रतिनिधि थिए ।

महासंघमा पदाधिकारी भागबन्डाका लागि लामो वार्ता भए पनि आफूले चाहेको सिट नपाएपछि कांग्रेस र माओवादी केन्द्र निकटका सहकारीकर्मीहरूले गत शुक्रबार पत्रकार सम्मलेन गरेर उम्मेदवारी नदिने बताएका थिए ।

महासंघमा पदाधिकारीको कार्यकाल चार वर्ष हुन्छ । महासंघको वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल र तीन जना उपाध्यक्षमा क्रमशः खेमबहादुर पाठक, डीबी बस्नेत तथा इन्दिरा पन्त निर्वाचित भएका छन् । महासंघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा भीम तुलाचन तथा सदस्यहरूमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्वाचित भएका छन् ।

महासंघका सञ्चालकहरूमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जीसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी र सुवेदी पौडेल निर्वाचित भएकाे महासंघ स्राेतले बताएकाे छ ।

igi long
himalayan life insurance long ad