एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज २०७७/७८ को नेपालकै सबैभन्दा उत्कृष्ठ निर्यातकर्ता
काठमाडौँ । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज गत आर्थिक वर्ष २०७७र७८ को नेपालकै सबैभन्दा उत्कृष्ठ निर्यातकर्ता भएको छ। राजधानीमा सम्पन्न निर्यात व्यवसायी महासंघको कार्यक्रममा एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई नेपालमै अलैची प्रशोधन गरी निर्यात क्षेत्रमा उल्लेखनिय योगदान गरेकोमा सम्मान गरिएको हो।
नेकपा एमालेका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष्य निर्मल भट्टराई लाई सम्मान पत्र प्रदान गरेका थिए । भट्टराई नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन्। नेपालमै फलेको अलैंचीलाई विभिन्न प्रोसेसिङ्ग, लेवलिङ्ग र प्याकेजींग गरेर प्रशोधन गर्दै आएको एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले गत बर्ष २८ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको थियो ।
नेपाल सहित विदेशी बजारमा लोकप्रिय बन्दै गरेको एभरेष्ट लार्ज कार्डममको प्रशोधन उद्योग अर्जुनधारा नगरपालिका–८, झापा मा स्थापित गरिएको छ। उद्योगमा भट्टराई सहित अन्य तिन व्यवसायीस् सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको लगानी रहेको छ। एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले अहिले मिजाज माउन्टेन पल्र्स, मिजाज अलैंची पाउडर, मिजाज अलैंची दाना र मिजाज अलैंची गरी चार अलैंचीका प्रकारहरु उत्पादन गर्दै आएको छ ।























