stcnepal long ad
global ime bank long

अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्छु : मन्त्री रेग्मी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रले काठमान्डौमामा गरेको कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता भएका समुदायको हकहितको लागि रोकिएर बसेका अपाङ्गता सम्बन्धी कार्यविधि यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गर्न पहल भइरहेको बताउनु भयो ।

मन्त्री रेग्मीले अहिले रातो कार्ड भएकाले मात्रै भत्ता पाउने व्यवस्था भएकोले त्यसलाई परिमार्जन गरेर निलो वा अरू कार्ड भएकालाई पनि भत्ता दिलाउने प्रयासमा आफू रहेको बताउनुभयो।

अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई सामग्रीहरू वितरण गर्नुहुँदै मन्त्री रेग्मीले बताउनुभयो–“एउटा हात नभएको व्यक्तिले कसरी गरी खाने ? अपाङ्गताको श्रेणीमा मात्र राखेर भएन गरेर खाने व्यवस्था पनि त हुन प¥यो ।”

अपाङ्ग भएका समुदायको हकहितको लागि आफू सधैँ अग्र पङ्क्तिमा रहेको बताउनुहुँदै मन्त्री रेग्मीले आगामी बजेटमा अपाङ्गता क्षेत्रलाई लाई विशेष प्राथमिकतामा राखिएको समेत बताउनु भयो ।

“राज्यको श्रोत साधनले नभ्याएर पनि होला तर अपाङ्गता भएका समुदायलाई गाँस काटेर भए पनि प्राथमिकता दिन पर्छ” उहाँले बताउनुभयो “आफ्नो अधिकारको लागि सबैले सशक्त रूपमा आवाज उठाउन जरुरी छ ।

नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रले अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई व्हिल चेयर, कमोड चेयर, हट ब्याग ,सेनिटरि प्याड, बैसाखी लगायतका सामग्री हरू वितरण गरेको हो ।

IME Lifesidebar
kumari