stcnepal long ad
global ime bank long

भटमासले बढायो नेपालको आयातनिर्यात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनाको आयातनिर्यात आँकडालाई भटमासको तेलले उकासेको देखिएको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको आँकडा अनुसार नेपालबाट सबैभन्दा बढी भटमास तेल ३८ अर्ब ४३ करोड रुपियाँ बराबरको १८ करोड ५२ लाख ५५ हजार किलो निर्यात भएको छ भने ३७ अर्ब ९६ करोड ४२ लाख ६३ हजार रुपियाँ बराबरको भटमास आयात भएको छ ।

विभागका अनुसार पहिलो चार महिनामा निर्यात ७७.५१ प्रतिशतले बढेर ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपियाँ पुगेको छ । आयात १८.७१ प्रतिशतले बढेर छ खर्ब ९४ अर्ब ५१ करोड २३ लाख रुपियाँ पुगेको छ ।

कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले बढेर सात खर्ब २९ अर्ब ४७ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजार रुपियाँको आयात भएको थियो भने ५२ अर्ब ६७ करोड ७१ लाख रुपियाँको कुल निर्यात भएको थियो ।

निर्यात भएको दोस्रो मुख्य वस्तु अलैँची तीन अर्ब ९७ करोड ४३ लाख रुपियाँ बराबरको १८ लाख २३ हजार किलो निर्यात भएको छ ।

यस्तै सूर्यमुखी तेल दुई अर्ब ७३ करोड २८ लाख रुपियाँ बराबरको तीन करोड ४२ लाख ४० हजार लिटर निर्यात भएको छ । पाम आयल दुई अर्ब छ करोड ५० लाख रुपियाँ बराबरको एक करोड १४ लाख ३८ हजार लिटर निर्यात भएको छ ।

आयात भएका अन्य मुख्य वस्तुमा ३१ अर्ब ८९ करोड १५ लाख ५७ हजार रुपियाँको डिजेल र २२ अर्ब ३७ करोड २७ लाख ६२ हजारको पेट्रोल रहेको छ । १८ अर्ब ८३ करोड छ लाख १६ हजार रुपियाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

यस्तै चार महिनामा १७ अर्ब १५ करोड ७४ लाख रुपियाँको स्मार्ट फोन र १५ अर्ब ७२ करोड ११ लाख रुपियाँको सुन आयात भएको तथ्याङ्क छ ।

आयातनिर्यात बढ्दा व्यापार घाटा भने तुलनात्मक रूपले कम ११.९९ प्रतिशतले बढेर पाँच खर्ब १५ अर्ब ९५ करोड ५४ लाख ५७ हजार पुगेको छ । गत वर्ष सो अवधिमा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख २८ हजार रुपियाँको व्यापार घाटा थियो ।

चीनसँग एक खर्ब ३२ अर्ब ५६ करोड ९८ लाख ३७ हजार रुपियाँको आयात हुँदा नेपालबाट २९ करोड ८८ लाख ४४ हजार रुपियाँको निर्यात भएको छ ।

चीनसँग एक खर्ब ३२ अर्ब २७ करोड ९९ लाख रुपियाँ व्यापार घाटा रहेको छ । बाढीपहिरोका कारण रसुवाको केरुङ र सिन्धुपाल्चोकको नाका बन्द हुँदा चीनमा निर्यात कम भएको हो ।

चार महिनामा सबैभन्दा छिमेकी मुलुक भारतबाट तीन खर्ब ३७ अर्ब ९२ करोड ४६ लाख ५० हजार रुपियाँको आयात हुँदा नेपालबाट सात अर्ब ६५ करोड ५५ लाख ३७ हजार रुपियाँको निर्यात भएको छ । आयात बढ्दै गए पनि निर्यात न्यून हुँदा भारतसँग दुई खर्ब ६१ अर्ब ४१ करोड ९१ लाख १३ हजार रुपियाँ व्यापार घाटा छ ।

IME Lifesidebar
kumari