stcnepal long ad
ime life insurance
national life
global ime bank long

आगामी धान बालीका लागि थप एक लाख उन्नाइस हजार मेट्रिक टन मल ल्याइँँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आगामी धान बालीका लागि थप एक लाख १९ हजार मेट्रिक टन मल ल्याइने भएको छ । धान बालीलाई मलको अभाव हुन नदिन उक्त परिमाणमा मल आउने क्रममा रहेको जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान बालीका लागि मलको अभाव नहुने दाबी गरेको छ ।

धान बालीका लागि आवश्यक पर्ने थप ९४ हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डिएपी मल बाटोमा आउने क्रममा रहेको र जेठको दोस्रो सातासम्म आइपुग्ने मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले ६४ हजार मेट्रिक टन युरिया, २५ हजार डिएपी र साल्ट्र ट्रेडिङ कर्पोरेसनले ३० हजार मेट्रिक टन युरिया ल्याउन लागेका छन् । उक्त मल वैशाखको तेस्रो सातादेखि जेठको दोस्रो साताभित्र भित्रिइसक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख १४ सम्म दुई लाख ७६ हजार ७०५ मेट्रिक टन मल आयात भइरहेको छ ।

जसमा एक लाख ७१ हजार ८४७ मेट्रिक टन युरिया, ८९ हजार ५९२ मेट्रिक टन डिएपी र १५ हजार २६५ पोटास छ । ५७ हजार ९८७ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

चालु आवमा रासायनिक मल खरिद गर्नका लागि सरकारले २७ अर्ब ९५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । हालसम्म पाँच लाख ५० हजार मेट्रिक टन टेन्डर आह्वान भइसकेको मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले मल आयात गर्ने गरेका छन् । सहकारी संस्थामार्फत किसानलाई मलको वितरण हुने गर्छ । नेपालमा मुख्य गरी बर्खे र हिउँदै बालीमा मलको प्रयोग गरिन्छ ।

धान बाली दुई सिजनमा लगाउने गरिन्छ । चालु आवमा चैते र बर्खे धानको उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक उत्पादन भएको छ । यस वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।

मन्त्रालयका तथ्याङ्क अनुसार मुलुकभर नौ लाख हेक्टर क्षेत्रफलमा मकै खेती गरिने र जसबाट २९ लाख ८० हजार मेट्रिक टन उत्पादन हुने गर्छ ।

यस्तै सात लाख हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिने र त्यसबाट २१ लाख मेट्रिक टन हाराहारीमा उत्पादन हुने तथ्याङ्क छ । मुलुकभर वार्षिक सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यक पर्ने बताएको छ ।

सरकारले बर्सेनि मल खरिदका लागि अनुदानको व्यवस्था गरे पनि माग अनुसार समयमा मल आयात नहुँदा धान रोप्ने बेला प्रत्येक वर्ष किसानले अभाव खेप्नु परेको छ ।

IME Lifesidebar
kumari