sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

चिया निर्यात ५० दशमलव ४० प्रतिशतले बढ्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको आठ महिनामा चिया निर्यात ५० दशमलव ४० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउनदेखि गत फागुनसम्ममा रु तीन अर्ब २० करोड दुई लाख ९१ हजार मूल्य बराबरको चिया निर्यात भएको हो ।

उक्त अवधिमा १२ हजार पाँच सय ७६ दशमलव ३५ मेट्रिकटन चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । गत आवको सोही अवधिमा रु दुई अर्ब १२ करोड ७६ लाख ३७ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अलैँचीको निर्यात १२ दशमलव आठ प्रतिशतले बढेको छ । हुमागाईंका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा रु पाँच अर्ब ८३ करोड ७३ लाख ६८ हजार मूल्य बराबरको अलैँची निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु पाँच अर्ब १७ करोड २६ लाख ९७ हजार मूल्य बराबरको अलैँची निर्यात भएको थियो ।

भन्सार कार्यालयका अनुसार सिमेन्ट क्लिङ्कर दुई सय चार दशमलव सात प्रतिशत, भेनियरसिट ७४ दशमलव तीन प्रतिशत र मोलासिसको निर्यातमा चार हजार पाँच सय ८९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।

फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, अम्रिसो लगायत वस्तुको निर्यातमा कमी आएको भन्सार प्रमुख हुमागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार मेची भन्साबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्ब ९० करोड ६१ लाख २५ हजारको वस्तु निर्यात भएको छ ।

gold
kumari bank
nawakantipur long