stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को लागि आफ्नो कम्पनीको बोनसदर घोषणा गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको जनाएको छ ।

अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा १० वर्षदेखि १४ वर्षसम्मको लागि ४४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मको लागि ४९ रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ कायम गरेको छ ।

यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा ० वर्षदेखि ९ वर्षसम्मको लागि २५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि २७ रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि २८ रुपैयाँँसम्म बोनसदर कायम गरेको जनाएको छ ।

सिटिजन शुभारम्भ योजना (सावाधिक प्लस) बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४६ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

यसैगरि सावधिक (रेगुलर०जीवन बीमालेखमा ) देखि ९ वर्षसम्मको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५० रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सिटिजन बाल भविष्य योजना (सावाधिक) बीमालेख र सिटिजन बाल भविष्य योजना प्लस ९सावधिक० बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ४० रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षसम्मको लागि ६७ रुपैयाँ बोनसदर दिने सो कम्पनीले जनाएको छ ।

यसैगरि सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा ० देखि ९ वर्षसम्मको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४३ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ८० रुपैयाँ बोनसदर कायम गरेको जनाइएको छ ।

IME Lifesidebar
kumari