stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालबाट भारत हुँदै हेभी ट्रक बंगलादेश जान पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।  नेपालबाट हेभी ट्रकहरू भारतको बाटो हुँदै बंगलादेश आउजाउ गर्न पाउने भएका छन् । हालै काठमाडौँमा सम्पन्न दुई देशबीच भएको व्यापार तथा पारवहन सम्बन्धी अन्तर सरकारी समिति (आईजीसी) बैठकमा नेपालका हेभी ट्रकलाई भारत हुँदै बांङ्लादेश जान आउन दिन भारत सहमत भएको हो ।

भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयको नियमावलीमा परिवर्तन गर्दै १८.५ टनसम्मका दुई एक्सल सवारी साधन र २८ टनसम्मको तीन एक्सल सवारीसाधन सञ्चालन अनुमति दिइएको हो ।

काँकडभिट्टाबाट भारत फूलबारी हुँदै बंगलादेशको बंगलाबन्ध रुटमा चल्ने सवारीसाधनका लागि यो व्यवस्था लागु हुने भारतीय वाणिज्य मन्त्रालयले जनाएको छ । बैठकमा भारतले नेपाललाई २ लाख टन गहुँ आयात कोटा प्रदान गर्ने निर्णय भएको भारतीय पक्षले जानकारी गराएको थियो ।

भारत सरकारले ३० वैशाख २०७९ देखि नेपाल सहित अन्य देशमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर, नेपाल सरकारले बारम्बार कूटनीतिक च्यानल र मन्त्रालय स्तरबाट पहल गरेपछि २ लाख टन आयात गर्न करिब ६ दिन अगाडि कोटा पाएको हो ।

prabhu mahalaxmi
kumari