stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालले आठ महिनामा एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपालले आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपियाँको वस्तु निर्यात गरेको हो । यो गत आवको सोही महिनासम्मको तुलनामा भने करिब चार प्रतिशतले कम हो । गत फागुनसम्म नेपालले एक खर्ब चार अर्ब ४७ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो ।

फागुनसम्म नेपालले सबैभन्दा धेरै करिब सात अर्ब रुपियाँको गलैँचा निर्यात गरेको छ । त्यसपछि पाँच अर्ब १७ करोड रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । फलामे छड निर्यातमा प्राप्त हुने नगद अनुदान बढाइँदा त्यसको निर्यात पनि उल्लेख्य बढेको देखिन्छ ।

विभागका अनुसार फागुनसम्म चार अर्ब ८३ करोड रुपियाँ फलामे छड निर्यात भएको छ । कुनै समय सबैभन्दा धेरै निर्यात हुने वस्तुको शीर्ष स्थानमा परेको प्रशोधित पाम तेल यस पटक भने चार अर्ब सात करोड रुपियाँको मात्र निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ ।

सबैभन्दा धेरै निर्यात हुने वस्तुको पाँचौँ  स्थानमा जुस पनि परेको छस जुन तीन अर्ब ७७ करोड रुपियाँको निर्यात भएको छ ।

दस खर्ब नाघ्यो आयात

फागुनसम्म नेपालले दस खर्ब रुपियाँको वस्तु आयात गरेको छ । विभागका अनुसार समीक्षा महिनासम्म दस खर्ब ३० अर्ब रुपियाँ बराबरको वस्तु आयात भएको होस जुन अघिल्लो फागुनसम्मको तुलनामा २.६६ प्रतिशतले कम हो । गत फागुनसम्म नेपालले दस खर्ब ५८ अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको थियो ।

यसबिचमा नेपालले सबैभन्दा धेरै ८८ अर्ब ८८ करोड रुपियाँको डिजल आयात गरेको छ भने त्यसपछि ४४ अर्ब ६३ करोड रुपियाँको पेट्रोल आयात भएको देखिन्छ । तेस्रो स्थानमा रहेको एलपी ग्यास मात्रै ३५ अर्ब ८७ करोड रुपियाँको आयात भएको तथ्याङ्क छ ।

त्यस्तै २५ अर्ब ९१ करोड रुपियाँको कच्चा फलाम आयात भएको छ । यसबिचमा नेपालले १९ अर्ब ३७ करोड रुपियाँको स्मार्टफोन पनि आयात गरेको छ । आयातको तुलनामा न्यून मात्र निर्यात हुँदा आठ महिनासम्म मुलुकको व्यापार घाटा नौ खर्ब २९ अर्ब रुपियाँ पुगेको छ’, जुन गत वर्षको सोही अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो ।

समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै भारतबाट छ खर्ब ३८ अर्ब १७ करोड रुपियाँको वस्तु आयात गरेको छ भने त्यता तर्फ ६८ अर्ब ५१ करोड रुपियाँको निर्यात गरेको छ ।

त्यस्तै अर्को छिमेकी मुलुक चीनबाट एक खर्ब ९४ अर्ब रुपियाँको आयात हुँदा एक अर्ब ९५ करोड रुपियाँ बराबरको निर्यात भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

IME Lifesidebar
kumari