stcnepal long ad
ime life insurance
national life
global ime bank long

महिला नेतृत्व कृषि सम्मेलन चैत १७ देखि चितवनमा हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चितवनमा चैत १७ र १८ मा महिला नेतृत्व कृषि सम्मेलन हुने भएको छ । नेपाल उद्योग परिसंघ अन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआईडब्लूएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ हुने भएको हो ।

नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको सीएनआईले जनाएको छ ।

सम्मेलन कृषिको रुपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवर्द्धन, दिगोपन र उद्यमशीलता मुल नाराका साथ आयोजना हुन लागेको हो ।

कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवर्द्धन गर्नु हो । सम्मेलनमा कृषिमा नवप्रवर्द्धन, दिगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यान्त्रिकरण, नेपालको माटो सुहाउँदो कृषि विकासमा केन्द्रित हुने सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।

त्यस्तै, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्लताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने अग्रवालको भनाई छ ।

उत्पादनमूलक एवं सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले महिला नेतृत्व फोरम मार्फत महिला उद्यमीहरुको सशक्तीकरण तथा  प्रवर्द्धनका  समेत काम गर्दै आएको छ । फोरमले समावेशी, सशक्तीकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकता राख्दै कृषिमा महिलाहरुलाई प्रोत्साहन गर्दै आएको जनाएको छ ।

IME Lifesidebar
kumari