stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज असार ५ गतेदेखि थ्रीस्टार हाइड्रोपावरको आइपीओ विक्री खुला

आज असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।

सो मध्ये ४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गरिसकेको छ ।

बाँकी रहेको १५ प्रतिशत अर्थात ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृती प्राप्त गरि विदेशी रोजगारीमा गएका नेपालीलाई, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषलाई छुट्टाएर बाँडफाँड पश्चात बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । कम्पनीको आइपीओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुने छ । उक्त अवधि भित्रमा शेयर बिक्री नभएमा ढिलोमा असार १९ गतेसम्म आवेदन गर्न सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रबद्वन गरिरहेको ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ६ लाख रूपैयाँ रहेको छ।

IME Lifesidebar
kumari