stcnepal long ad
ime life insurance
national life
global ime bank long

एशियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय लम्बियो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एशियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय लम्बियो

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने म्याद एक दिन थप भएको छ । फागुन २ गते निष्काशन बन्द हुने भनिएको सो कम्पनीको आइपीओमा फागुन १ गते सार्वजनिक बिदा परेकोले एक दिन थप गरिएको कम्पनीले जनाएको छ। कम्पनीको आइपीओमा अब भोली अर्थात फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अहिले सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्य प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

IME Lifesidebar
kumari