evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

हिमालयन उर्जा विकासले २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Prabhu Insurance Long Ad
global bank

काठमाडौं ।  हिमालयन  उर्जा विकास कम्पनीले लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक सम्तीको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपातमा २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

कम्पनीको अधिकृत पुँजी बृद्धि गरी ३ अर्व पचास करोड रुपैयाँ पुऱ्याउने गरी प्रबन्ध पत्रको दफा ६ (क) संसोधन गर्ने निर्णय गरियो र स्वीकृतीको लागी तीन महले सहितको प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने निर्णय कम्पनीले गरेको छ ।

त्यस्तै, कम्पनीको जारी पुँजी बृद्धि गरी तिन अर्व पचास करोड रुपैयाँ पुऱ्याउने गरी प्रबन्ध पत्रको दफा ६ (ख) संशोधन  गर्ने र  स्वीकृतीको लागी आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

हकप्रद शेयर निश्कासन पछि प्राप्त हुने पुँजी मध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दिर्घकालिन ऋणको भुक्तानी गर्ने , कम्पनीको लागी आवश्यक नपर्ने चल अचल सम्पत्ती जग्गा जमानी विक्री गर्ने अख्तीयार सञ्चालक समितिमा रहने गरी प्रबन्ध पत्रको दफा ५ (च) संशोधन गर्ने र स्वीकृतिका लागि आगामी सभामा पेश गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृती लिई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद शेयर निष्काशन प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि हकप्रद शेयर निष्काशन गर्नेछ ।

igi long
himalayan life insurance long ad