stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सिभिल लघुवित्तको लाभांश घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

संस्थाको चुक्ता पूँजी २८ करोड ८१ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ३१ करोड ९७ लाख रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरे पछि शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long