citizens life insurance long ad
stcnepal long ad

आज पुस ६ गतेदेखि शुभम् पावरले आइपीओ विक्री गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पुस ६ गतेदेखि शुभम् पावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गर्दैछ ।

कम्पनीले सर्वसाधारणका लागि जारी पूँजी २० करोडको २० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयरमध्ये २० प्रतिशत अर्थात् ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका बासिन्दामा वितरण हुन नसकेको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० को १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो ।

यस शेयर खरीदका लागि पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो शेयर प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका ९ स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ ।

IME Life
kumari