stcnepal long ad
global ime bank long

आज जेठ १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज जेठ १० गते मंगलबारदेखि अपर हेवाखोला हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।

हाइड्रोपावरले स्थानीयलाई ५ लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि आइपीओ जारी गरेको हो ।

 

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा जेठ २४ गतेसम्म र ढीलोमा असार ८ गतेसम्म आइपीओ खुला रहनेछ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले अपर हेवाखोलाको आइपीओलाई ‘कियर एनपी डबल बी आइएस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

लगानीकर्ताले यस आइपीओमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौं, अपर हेवाखोला कम्पनी अनामनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

साथै, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम बैंकको तुम्लिङटार शाखा र सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट आवेदन दिन सकिन्छ ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

IME Lifesidebar
kumari