stcnepal long ad
global ime bank long

आज आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा  कार्यक्रम तय भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न सङ्घीय संसद्को बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ ।

 

त्यसको एक साता अगाडि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै आएको छ । नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न गठबन्धन दलहरुबीच गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो ।

IME Lifesidebar
kumari