prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

१ करोड ११ लाख रुपैयाँ नोक्सानमा मध्य भोटेकोशी जलविद्युत कम्पनी

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ११ लाख रुपैयाँ नोक्सानमा गएको छ । यस कम्पनीको एकमात्र जलविद्युत आयोजना निर्मााणकै चरणमा रहेका कारण नाफा गर्न नसकेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

यद्दपि, गत वर्षको यसै अवधिको तुलनामा भने नोक्सान केही कम भएको हो । गत वर्ष २ करोड ८९ लाख रुपैयाँ नोक्सानमा थियो । कम्पनीले ४ करोड १३ लाख रुपैयाँ ब्याज आम्दानी गरेपनि प्रशासनिक खर्चका कारण सञ्चालन नोक्सान ५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

 

हाल मध्य भोटेकोशीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ । रिजर्भ कोष २९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यो कम्पनी दोस्रो त्रैमाससम्म प्रतिसेयर २५ पैसा नोक्सानमा छ । यसको प्रतिसेयर नेटवर्थ पनि ९५ रुपैयाँ ०३ पैसा रहेको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदीको पानी प्रयोग गरी १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

२६ वैशाख २०७९, सोमवार ०८:३८ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads