चिलिमे हाइड्रोपावरको खुद नाफा ६ प्रतिशत घट्यो

काठमाडौं । चिलिमे हाइड्रोपावरको खुद नाफा ६ प्रतिशतले घटेर असोज मसान्तसम्ममा २० करोड ९८ लाख ६९ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसै अवधिमा चिलिमेले २२ करोड ३२ लाख ७९ हजार रुपैयाँ कमाएको थियो । विद्युत बिक्रीबाट आम्दानी घटेपछि चिलिमेको खुद नाफामा गिरावट आएको हो ।
यस त्रैमाससम्म विद्युत बिक्रीबाट ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसै अवधिमा भने विद्युत बिक्रीबाट ३६ करोड ३९ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा पनि ५.४ २प्रतिशत ले घटेर २३ करोड ५९ लाख ७ हजार रुपैयाँमा आएको छ ।
चिलिमेको चुक्ता पुँजी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । रिटेन्ड अर्निङ ४ अर्ब ३ करोड १७ लाख ९० हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा छ । गत वर्ष भने प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४९ पैसा र नेटवर्थ १७९ रुपैयाँ २५ पैसा थियो । घट्यो