citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज सोमबार कात्तिक २९ गते अन्तिम दिन हो । यसअघि तोकिएको मिति थपेर आज कात्तिक २९ गतेसम्म कायम गरिएको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

यसअघि असोज २५ गतेदेखि आइतबार कात्तिक १४ गतेसम्म हकप्रद भर्ने म्याद तोकिएको थियो । एक्सेलले १०ः३ अनुपातमा २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

हकप्रद निष्कासनका लागि बैंकले असोज १ गतेबाट बुक क्लोज गरेको हो । यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् । यस हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई इक्राएनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकले यहि पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

himalayan life insurance
igi long