citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

साढे १३ प्रतिशतले सिनर्जी पावरको नाफा घट्यो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले रू. ६ करोड २६ लाख ५३ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले १३ दशमलव ५५ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ७ करोड २४ लाख ७३ हजार थियो ।

यस वर्ष विद्युत विक्री आम्दानीमा कमि आउँदा कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष विद्युत विक्रीबाट रू. १६ करोड ८० लाख ४६ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ४ लाख ८३ हजार मात्र आम्दानी गरेको हो । विद्युत विक्री आम्दानी गत वर्षभन्दा यस वर्ष १० दशमलव ४५ प्रतिशत कम भएको हो ।

यस कम्पनीले प्रबद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजना पूर्ण रुपमा खोलाको पानीमा निर्भर रहने र यस वर्ष हिउँदमा खोलाको जलस्तरमा कमि आएकाले आम्दानी घट्न पुगेको कम्पनीको भनाई छ ।

साथै नेपाल सरकारबाट यस कम्पनीको आयोजनालाई प्रदान गरिएको सूचीकृत दररेटको अवधि समाप्त भई पुरानै विद्युत विक्री दर कायम हुँदा समेत आम्दानीमा असर परेको कम्पनीले प्रष्ट पारेको छ ।

यस वर्ष ४ दशमलव ७५ प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर रू. ७३ करोड ३२ लाख ५० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि ऋणात्मक अवस्थाबाट सुधारिएको छ ।

गत वर्ष रू. ७ लाख ७७ हजार ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष रू. ६ करोड ३४ लाख ८१ हजार कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ३९ र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ६६ रहेको छ ।

himalayan life insurance
igi long