Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आज सिइबिडी हाइड्रोपावरको आईपिओ बाँडफाँड हुने

civilbank long ad

काठमाडौं । आज  सिईबिडी हाइड्रोपावरको आईपिओ बाँडफाँड  हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार भोलि अरान्ह ११ः०० बजे सनलाईज क्यापिटलमा सिइबिडी हाइड्रोपावरको आईपिओ बाँडफाँड हुनेछ ।

कम्पनीका अनुसार २५ लाख ८१ हजार २३० कित्ता शेयरमा आवेदन खुल्ला गरिएकोमा कर्मचारी तथा सामूहिक लगानी कोषलाई छुट्टाएर २३ लाख ४१ हजार ९५४ कित्ता सर्वसाधारणलाई वितरण गरिनेछ ।

कम्पनीका अनुसार सो आईपिओमा कूल १६ लाख ८५ हजार ६२७ जनाको आवेदन परेको छ । सो आईपिओमा चार हजार ४४२ जनाको आवेदन रद्द गरिएको जनाएको छ ।

त्यस्तै ४८ हजार ३२२ जनाको आवेदन प्रमाणिकरण हुन नसकेको जनाएको छ । कम्पनीका अनुसार कूल दुई लाख ३४ हजार १९५ जनाा आवेदकलाई १० कित्ताको दरले शेयर बाँडफाँड गरिनेछ । आज हुने आईपिओ बाँडफाँडमा १४ लाख ५१ हजार ४३२ जनाको हात खाली हुनेछ ।


३१ वैशाख २०७८, शुक्रवार ०६:५४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad