stcnepal long ad
global ime bank long

रिडी हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक,नाफा २ करोडभन्दा बढी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रिडी हाइड्रोपावर कम्पनी चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । जलविद्युत कम्पनीहरुमध्य सबैभन्दा पहिला कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस वर्ष तेस्रो त्रैमाससम्म रू.२ करोड १४ लाख २४ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षकोभन्दा ३० दशमलव ६८ प्रतिशत कम हो ।

गत वर्ष कम्पनीले यस अवधिसम्म रू. ३ करोड ९ लाख ६ हजार खुद नाफा गरेको थियो । यो वर्ष कुल आम्दानी ९८ प्रतिशत बृद्धि भएपनि कम्पनीको कुल सञ्चालन खर्च बढेकाले नाफामा असर परेको हो । गत वर्ष रू।

४ करोड ४ लाख २४ हजार कुल आम्दानी भएको कम्पनीको यो वर्ष रू। ८ करोड १ लाख ३४ हजार भएको छ । कम्पनीले रिडी खोला हाइड्रोवाट यो वर्ष रू। ४ करोड २८ लाख ७३ हजार बराबरको विद्युत विक्री आम्दानी गरेको छ भने बुटवल सोलार बाट रू। ३ करोड ७२ लाख ६० हजार आम्दानी गरेको छ ।

गत वर्ष रू. ५४ लाख ६३ हजार कुल सञ्चालन खर्च भएको कम्पनीको यस वर्ष रू। २ करोड २३ लाख ४७ हजार यो खर्च भएको हो । हाल चुक्तापूँजी रू। ५८ करोड ५५ लाख ५८ हजार रहेको कम्पनीको जगेडा कोष रकम रू. २ करोड २४ लाख ६७ हजार छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव ८४ रहेको छ ।

IME Lifesidebar
kumari