आइपुग्यो नेपाल इन्भेष्टमेट बैंकको बोनस सेयर डिम्याट खातामा
काठमाडौं । सम्बन्धित सेयरधनीको डिम्याट खातामा नेपाल इन्भेष्टमेट बैंकले १३% बोनस सेयर जम्मा गरिदिएको छ । बैंकले गत पुस २१ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । पुस २१ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ ।
इन्भेष्टमेन्टको गत माघ ८ गते सम्पन्न सभाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १३% बोनस सेयर र ५.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले यसअघि नै नगद लाभांश भने खातामा पठाइसकेको छ ।























