stcnepal long ad
ime life insurance
global ime bank long

एनएमबी बैंकले रोल्पाको धाङ्सीखोला जलविद्युत् आयोजनामा लगानी गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

 

काठमाडौं । एनएमबी बैंकले रोल्पाको धाङ्सी खोला जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । रोल्पा लगानी सम्मेलन २०७६ का क्रममा बैंकले उक्त आयोजनाका लागि लगानी लगायत सबै किसिमका बैंकिङ सेवा उपलब्ध गराउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौतापत्रमा एनएमबी बैंकका प्रमुख व्यवसाय तथा रणनीति अधिकृत सुदेश उपाध्याय र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, एनएमबी बैंकका अध्यक्ष पवन कुमार गोल्यान, बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र काफ्ले तथा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दलगायतको उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता देशको दिगो विकासर्तफ बैंकले लिएको दिर्घकालीन रणनीति अन्तर्गत पर्दछ, जहाँ जलविद्युत्ले ऊर्जा आत्मनिर्भरताका लागि महत्वपूर्ण भूमिका र्निवाह गर्दछ । यस आयोजनाले स्थानीय समुदायको ऊर्जा आवश्यकता सम्बोधन गर्न तथा यस क्षेत्रमा अझ बढी आर्थिक गतिविधि बढाउन सक्षम तुल्याउने छ ।

मुलुकलाई ऊर्जा उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गराउँनका लागि विभित्र जलविद्युत् तथा नवीकरणीय ऊर्जाका आयोजनाहरूमा लगानी गर्दै आएर्कोे एनएमबी अग्रणी बैंक हो ।

prabhu mahalaxmi
kumari