चिलिमे हाइड्रोपावरको सेयर मूल्य समायोजन
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
समायोजनपछिको मूल्य नेप्सेले ५७० रुपैयाँ निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर सोमबार कम्पनीको सेयर कारोबार खुल्नेछ ।
नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ६२७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।





















