बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड
८६ हजार ३२० जनाले पाए शेयर
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज असोज ५ गते बिहान बाँडफाँड गरेको छ।
कम्पनीको आईपीओ निष्काशन एवं बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज सोमबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर २३ लाख ६१ हजार १२४ जनाले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता माग गर्दै आवेदन दिएका थिए।
मागभन्दा करिब ३० गुणा बढी आवेदन परेकाले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड भएको हो। बाँडफाँडमा भाग्यशाली ८६ हजार ३२० जनाले १०–१० कित्ताका दरले आईपीओ हात पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।





















