stcnepal long ad
ime life insurance
global ime bank long

सुपर मादी हाइड्रोपावरले दोस्रो त्रैमाससम्म १२ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाए

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १२ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १७.३७ प्रतिशत कम हो । गत वर्ष यस कम्पनीले १४ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ७१ करोड ६५ लाखबाट घटेर ६० करोड ६० लाखमा झरेको छ । उक्त आम्दानी घट्दा नाफामा दबाब परेको हो ।

वित्तीय खर्च ३८ करोड ४४ लाखबाट घटेर २८ करोड ९६ लाख रुपैयाँ कायम भएको छ । २ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ करोड ४ लाख जम्मा छ । प्रतिसेयर आम्दानी ११.०४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १०६.८२ रुपैयाँ छ ।

 

prabhu mahalaxmi
kumari