stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

माउन्टेन इनर्जी नेपालले दोस्रो त्रैमासमा ५१ करोड २० लाख रुपैयाँ नाफा कमायो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४६.२७ प्रतिशत धेरै हो । कम्पनीले गत वर्ष ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

माउन्टेन इनर्जीको विद्युत बिक्रीबाट हुने आम्दानी ७३ करोड ७९ लाखबाट बढेर ७९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।

यता, वित्तीय खर्च १३ करोड ५९ लाखबाट घटेर १२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । २ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ । कम्पनीको  प्रतिसेयर  आम्दानी १९.६७ रुपैयाँ छ । यसको प्रतिसेयर नेटवर्थ १४७.६६ रुपैयाँ रहेको छ ।

kumari bank
kumari
nawakantipur long