citizens life insurance long ad

भ्यालेन्टाइनका अवसरमा ईसेवा वालेटमा रेमिट्यान्स पठाएर ३० हजारसम्म जित्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक, ईसेवा मनि ट्रान्सफरले विशेष ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान सार्वजनिक गरेको छ ।

यस भ्यालेन्टाइन विकमा विदेशमा रहेका नेपालीहरूले ईसेवा वालेटमा रेमिट्यान्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

फेब्रुअरी ७ देखि फेब्रुअरी १४, २०२५ सम्म सञ्चालन हुने यो विशेष अभियानमा, भाग्यशाली विजेताहरूले दैनिक पुरस्कार १५,०००, रोज डे (फेब्रुअरी ७) देखि किस डे (फेब्रुअरी १३) सम्म, हरेक दिन एकजना विजेतालाई र बम्पर पुरस्कार फेब्रुअरी १४, भ्यालेन्टाइन डे यानिकी प्रणय दिवस को विशेष अवसरमा ३० हजार जित्न सकिने ईसेवाले जनाएको छ ।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला भन्छन्, ‘भ्यालेन्टाइन डे भनेको माया व्यक्त गर्ने अवसर हो। यस अभियान मार्फत, विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग माया बाँड्ने एक अनमोल अवसर पाउनेछन् ।’

IME Life
kumari