गोरक्ष हाइड्रोपावरको २२.५३ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले शेयर बिक्रीमा राखेको छ । हाइड्रोपावर कम्पनीले जगेडामा रहेको शेयरमध्येबाट २२ लाख ५३ हजार ३७९ कित्ता बिक्री गर्न लागेको हो ।
प्रतिकित्ता १०० रुपियाँ तोकिएको उक्त शेयर कम्पनीका हाल कायम शेयरधनीले खरिद गर्न पाउनेछन् ।
यसअघि कम्पनीले कात्तिक १४ गतेदेखि उक्त शेयरको बिक्री खुला गरेको थियो । तोकिएको समयभित्र आवेदन नपरेपछि पुनः बिक्री खुलाएको हो ।