citizens life insurance long ad

हुन्डाई ह्याप्पी मुभसँगको सहकार्यमा हेटौंडा ह्विल्सद्वारा बालबालिकालाई सामग्री प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

हेटौंडा । हेटौंडा ह्विल्सले हुन्डाईको ह्याप्पी मुभसँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ब्लेस्ड चिल्ड्रेन्स होमका बालबालिकाहरुको शिक्षाका लागि केही सहयोग कार्य सम्पन्न गरेको छ ।

यस अन्तर्गत हेटौंडा ह्विल्सले बालबालिकाको सिकाई प्रक्रियामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ डेस्कटप कम्प्युटर प्रदान गरेको बताएको छ ।

आधुनिक विश्वसँग सधै कनेक्ट रहन र डिजिटल साक्षरतालाई अझै अगाडि बढाउनका लागि आवश्यक शैक्षिक सामग्री र प्रविधि उपलब्ध गराएर यसले बालबालिकाहरुलाई सहयोग पु(याउने अपेक्षा गरिएको हुन्डाई नेपालले जनाएको छ ।

स्थानीय समुदायलाई सहयोग गर्ने र सामाजिक विकासमा योगदान दिने हेटौंडा ह्विल्सको प्रतिबद्धताको यो एक अंश भएको हेटौंडा ह्विल्सले जनाएको छ ।

यस्तो महत्वपूर्ण सीएसआर पहलमा सहकार्य गरेकोमा हेटौंडा ह्विल्सले हुन्डाईको ह्याप्पी मुभप्रति आभार समेत प्रकट गरेको छ ।

IME Lifesidebar
kumari