stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्दै

बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः१.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरदकुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुईंटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस कम्पनीद्वारा प्रवर्द्धित सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको र आयोजनाबाट ४ मेगावाट बराबरको विद्युतशक्ति २०७४ साल मंसीरदेखि व्यवसायिक रुपमा उत्पादन भई आयोजना पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ तथा जारी पूँजी ६४ करोड ६७ लाख रुपैयाँ छ। मंसिर ७ गते सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long