citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा  

हाइड्रोपावरले पुस ९ गते बुक क्लोज गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

हाइड्रोपावर कम्पनीले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते साधारण सभा पनि बोलाएको छ । साथै, सभा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभामा समान उद्देश्य भएका अन्य कुनै कम्पनीसँग मर्जर–एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।

साधारण सभा प्रयोजनका लागि यस हाइड्रोपावरले पुस ९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ८ गते सोमबारसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

gold
himalayan life insurance long ad