sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कुमारी बैंकको साढे २२.४३ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरको बिक्री खुला गरेको छ । बैंकले संस्थापक समूहको कुल २२ लाख ४३ हजार ०७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

यो शेयर जोकोही योग्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक जोकोहीले प्रतिकित्ता के कति दररेटमा लिन कबुल गर्ने हो सो विवरण खुलाई मुक्तिनाथ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।

शेयरको न्यूनतम मूल्य भने प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिँदा ​न्यूनतम १० लाख कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । इच्छुक खरिदकर्ताले पुस १७ गतेभित्र शिलबन्दी पेस गरिसक्नुपर्नेछ ।

prabhu bank
nawakantipur long