citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

युनिभर्सल पावरको वित्तीय विवरण सार्वजनिक

९ महिनामा कमायो ७ करोड ४७ लाख रुपैयाँ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । युनिभर्सल पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा ९.८२ प्रतिशतले धेरै हो । गत वर्ष यसले ६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी भने २५ करोड ८१ लाख रुपैयाँबाट घटेर २५ करोड ३९ लाख रुपैयाँमा झरेको छ ।

हाल युनिभर्सलको चुक्ता पुँजी २ अर्ब २७ करोड रुपैयाँ रहको छ । जगेडा कोषमा १४ करोड ४६ लाख रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ३५ पैसा छ ।

gold
himalayan life insurance long ad
kumari bank