रु रु जलविद्युत परियोजनाको खुद नाफा २.६६ प्रतिशतले बढे
काठमाडौं । रु रु जलविद्युत परियोजनाको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २.६६ प्रतिशतले बढेर ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ६८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, विद्युते बिक्रीबाट हुने आम्दानी भने सामान्य घटेको छ । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी १।१५ प्रतिशतले घटेर ११ करोड ५९ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४९ करोड ३३ लाख २३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५४ पैसा छ ।