stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फाइनल प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा हिजो २–१ र समग्रमा ४–३ को जित निकाल्दै रियल म्याड्रिड फाइनलमा पुगेको हो ।

शुरुमा एक गोलले पछि परेको अवस्थामा खेलको अन्तिमतिर मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल फाइनल प्रवेश गरेको हो । उनले खेलको ८८ औँ मिनेटमा र इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे ।

बायर्न म्युनिखका अल्फोन्सो डेविसले खेलको ६८ औँ मिनेटमा गोल गरेर अग्रता बनाएका थिए । बायर्न म्युनिखको घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।

रियलले अब फाइनलमा उपाधिका लागि जर्मन टोली बोरुसिया डर्टमण्डसँग खेल्नेछ । डर्टमण्डले सेमिफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई समग्रमा २–० ले हराएर फाइनल प्रवेश गरेको थियो । च्याम्पियन्स लिगको फाइनल आउने जुन २ ताखिमा बेलायतमा हुनेछ ।

prabhu mahalaxmi
kumari