stcnepal long ad
ime life insurance
national life
global ime bank long

अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा चैत १६ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, सर्वसाधरण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको रिक्त रहेको पदमा बाँकी अवधिको लागि सञ्चालक नियुक्ति गर्ने एजेन्ड छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।साधारण सभा युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

IME Lifesidebar
kumari