stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज फागुन १८ गतेदेखि रिडी पावरको ५० प्रतिशत हकप्रद सेयरमा बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज फागुन १८ गतेदेखि रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । उक्त हकप्रद सेयरको लागि यसले माघ २२ गते बुक क्लोज गरिसकेको छ ।

माघ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ ।

रिडी पावरको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गरेको हो ।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

IME Lifesidebar
kumari