stcnepal long ad
ime life insurance
national life
global ime bank long

इपिएसमार्फत सेवा क्षेत्रका श्रमिक नलैजाने सङ्केत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने सङ्केत गरेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालको वैदेशिक रोजगार विभाग अन्तर्गतको ९इपिएस० शाखालाई पत्रमार्फत यस्तो सङ्केत गरेको हो ।

सन् २०२४ मा उत्पादनतर्फ आवेदन दिएका एक लाख ६३ हजारभन्दा बढीको परीक्षा सक्नै एक वर्ष लाग्ने देखिएकाले यो वर्ष थप अन्य क्षेत्रका लागि नेपाली श्रमिकको माग गर्न नसकिने सङ्केत पत्रमार्फत गरेको इपिएस शाखाले जनाएको छ ।

सो शाखाका निर्देशक मैयाँ कँडेलले यस वर्ष विविध कारणले उत्पादनतर्फ सोचेभन्दा धेरै आवेदन परेकाले ती आवेदकको हालको गतिमा परीक्षा सम्पन्न गर्न यो वर्ष पूरै लाग्ने भएकाले यस वर्ष सेवा क्षेत्र तर्फको आवेदन माग गरेर परीक्षा सञ्चालन गर्न नसकिने सङ्केत कोरियाली पक्षले गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य क्षेत्रमा नेपालमा भाषा परीक्षा नै ‘लिन नसकिने भएका कारण’ ती क्षेत्रमा अरू देशबाटै श्रमिक लैजाने जानकारी कोरियाले उक्त पत्रमार्फत दिएको छ ।

कोरिया सरकारको एचआरडीका अध्यक्षको हस्ताक्षरमा आएको पत्रबारे उद्धृत गर्दै इपिएस शाखाका निर्देशक कँडेलले भन्नुभयो, “वर्ष दिनभरि परीक्षा लिनुपर्ने गरी धेरैको आवेदन लिएका छौँ ।

ती व्यक्तिको परीक्षा सम्पन्न गर्न समय लाग्छ, यो वर्ष अन्य आवेदन माग गरेर कहिले लैजाने रु हामीलाई श्रमिक छिट्टै चाहिएको छ ।” एचआरडीका यो प्रश्नले अर्को वर्ष नेपालबाट कोरियाले हाल दिएको कोटामा अझै कटौती हुने सङ्केत स्पष्ट देखिएको छ ।

इपिएस शाखाले पत्रको जवाफमा भनेको छ, “यो वर्ष परीक्षा सक्दो छिटो सम्पन्न गर्नु पर्छ, हामी सहयोग गर्न तयार छौँ । यो वर्ष सेवा क्षेत्रतर्फ नेपालीले प्राप्त पर्ने कोटा अनुसार आवेदन खुलाउनुहोस् । अर्को वर्ष नीतिगत रूपमा केही कडाइ गरेर अहिलेको अवस्थालाई नियन्त्रण गर्छौं ।”

इपिएसमार्फत दक्षिण कोरिया गएका नेपाली श्रमिक इमानदार र मेहनती छन् भन्ने बनाएको उच्च छविको सम्मानका लागि पनि अहिले नेपालबाट भएको कमजोरीलाई माफी दिन पत्र मार्फत आग्रह गरेको उहाँले बताउनुभयो ।

सो शाखाका अनुसार कोरियाले यस वर्ष उत्पादनतर्फ १५ हजार नौ सय जना लैजाने भनेकामा त्यसको १० गुणा बढी एक लाख ६३ हजार बढीको आवेदन परेका छन् ।

इपिएस शाखाका निर्देशक कँडेलले अहिलेजस्तो भद्रगोल तरिकाले आवेदन आएमा आउँदा वर्षमा दक्षिण कोरिया नेपालप्रतिको विश्वास गुम्ने भएकाले पनि यस्तो समस्या नआउने गरी प्रविधिको विकास गर्ने विषयमा सचिवस्तरमै छलफल भएको जानकारी दिनुभयो ।

दक्षिण कोरियाले नेपालसहित विश्वका १६ देशबाट इपिएसमार्फत श्रमिक लिँदै आएको छ । पछिल्ला वर्षमा इपिएसमार्फत सबैभन्दा धेरै श्रमिक नेपालबाट छनोट गरिरहेको छ ।

परीक्षा लिने सबै काम कोरियाको एचआरडीले गरे पनि परीक्षाको सहजीकरण इपिएस कोरिया शाखाले गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा इपिएस भाषा परीक्षा उत्तीर्ण गरेर नेपालबाट २२ हजार श्रमिक दक्षिण कोरिया पुगेका थिए ।

यस्तै चालु आव २०८०/८१ को पहिलो सात महिनामा लगभग नौ हजार नेपाली इपिएसमार्फत दक्षिण कोरिया पुगेका छन् ।

इपिएस कोरिया शाखाका अनुसार नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रूपमा ठहरिएको दक्षिण कोरियामा डेढ दशकको अवधिमा एक लाख पाँच हजार ९७३ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् । जसमा ९४ हजार ७०५ पुरुष र नौ हजार २६८ महिला रहेका छन् ।

सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत नेपाली श्रमिकलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ।

IME Lifesidebar
kumari