citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणबाट पुँजी संकलन गर्ने उद्देश्यले रु. १०० अंकित दरका २०,००,००० कित्ताले हुनआउने रकमरु.२०,००,००,०००/– (अक्षरुपी वीस करोड मात्र) बराबरको साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्ने भएकोे छ ।

कम्पनीले उक्तकार्य गर्नकालागिनेपालएसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

यसको लागि सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्षश्री सतिश न्यौपाने रनेपालएसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत  लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादीखोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युतआयोजना निर्माण  गरिरहेको छ ।

आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्नभईसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूललागत रु २२० करोड रहने र आयोजनाको लागिआवश्यक ऋण रु १३५ करोड श्री नेपाल एस.वि.आई बैंक लि को एकल लगानीबाट सम्पन्नभएको छ ।

यस कम्पनीमा अपि पावर कम्पनीकोेबहुमत शेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेलइनर्जी कम्पनीबाट निर्मितअत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिनाभित्रआयोजना संचालनमाल्याउने कम्पनीले जनाएको छ ।

यस आयोजनाबाट उत्पादितविद्युतशक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको  समुन्द्रटार  सवस्टेशनमा जडान गरि सो विद्युत  मातातिर्थ, काठमाडौं सवस्टेशनमा ल्याइने छ ।

यस समुहबाट प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० मेगावाट भन्दा बढिविद्युतउत्पादन गरि राष्ट्रको नविकरणीय उर्जा उत्पादनमा योगदान पु¥याएको छ ।

gold
himalayan life insurance long ad