stcnepal long ad
ime life insurance
global ime bank long

पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा पुवाखोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ ।

वाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञचालनमा छ ।

prabhu mahalaxmi
kumari