citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

फागुन १ गते सिंगटी हाइड्रो इनर्जीको साधारण सभा

सेयरधनीलाई छैन लाभांश

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले फागुन १ गते वार्षिक साधारण सभा बोलएको छ । हाइड्रोपावरले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो । कम्पनीले साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सिंगटीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज पनि गरिसकेको छ ।

त्यसैले सभामा हकप्रद सेयर जारी गर्ने सम्बन्धमा कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन थपघट वा परिमार्जन गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, माघ १७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा धुम्रबराह भेन्यू, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

gold
himalayan life insurance long ad
kumari bank