गुराँस लघुवित्तको नाफा ह्वातै बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा गुराँस लघुवित्तको खुद नाफा ह्वातै बढेको छ । यसअवधिसम्म आइपुग्दा यस कम्पनीले ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको यसैअवधिमा यसले २ लाख ४७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको तथा खराब कर्जा घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी २८.७९ प्रतिशतले बढेर २ करोड ८९ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड २४ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ७९ लाख ७६ हजार रुपैयाँ छ ।
अघिल्लो वर्ष यसैअवधिमा यसले १३ लाख ८२ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो । पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा ०.५२ प्रतिशतले घटेर ३.७५ प्रतिशतमा आएको छ ।
प्रतिसेयर आम्दानी १५ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ६७ पैसा छ । चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ ।