stcnepal long ad
ime life insurance
global ime bank long

रिडी हाइड्रो पावरले आकर्षक मुनाफा गर्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं ।  रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३०३.९२% ले बढेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफामा उल्लेख्य सुधार आएको छ ।
जसका कारण खुद नाफा पनि आकर्षक हिसाबले माथि लागेको हो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीले ३ करोड ९ लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा रिडीले ७६ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ९९ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २४४.५१% ले बढी हो । गत वर्ष यसले विद्युत् बिक्रीबाट १ करोड १५ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, गत वर्ष ९८ लाख ७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष बढेर ३ करोड ३९ लाख ८१ हजार रुपैयाँ पुगेको छ । यसले पनि नाफा माथि जान टेवा पुगेको हो ।

चैत मसान्तसम्ममा यस कम्पनीको चुक्ता पुँजी ५३ करोड ११ लाख १८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ६ करोड ४ लाख ६१ हजार रुपैयाँ छ । तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ३८ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari