चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट
काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओ बिहीबार (कात्तिक १६ गते) बाँडफाँट भएको छ । यसमा ८५ हजार ९३० जनाले सर्वसाधारण आवेदकहरुले गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार यो आइपीओका लागि कुल ११ लाख ३४ हजार ३१७ जनाले आवेदन दिएकामा ११ लाख ३१ हजार ९३६ जनाको आवेदन मात्र स्वीकृत भएको थियो ।
चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपीओ नतिजा हेर्न सक्नेछन् ।
साथै, चिरख्वा हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/बाट पनि नतिजा हेर्न सकिन्छ ।

























