नेसनल हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको ८२ लाख २१ हजार ४५९.७१ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।
यस कम्पनीले लगानीकर्तालाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
२ कात्तिक २०८०, बिहीवार १४:५१ बजे प्रकाशित