stcnepal long ad
global ime bank long

सामाजिक सञ्जाल कोरोना महामारी जस्तै बनेकाे छ : सञ्चारमन्त्री खतिवडा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं ।  सञ्चार तथा सूचनामन्त्री युवराज खतिवडाले अहिले सामाजिक सञ्जाल कोरोना महामारी जस्तै बनेकाे बताउनुभएकाे छ । संसदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बारेमा उठेका प्रश्नहरूको जवाफमा मन्त्री खतिवडाले उक्त कुरा बताउनुभएकाे हाे ।

संसदमा सामाजिक सञ्जालको दुरुपयोग, व्यक्तिको चरित्र हत्याजस्ता विषयहरू उठेकाे भन्दै अर्थमन्त्री समेत रहनुभएका खतिवडाले भन्नुभयाे, ‘एक प्रकारले हेर्ने हो भने सामाजिक सञ्जाल कोरोना महामारी जस्तै भएको छ, कसलाई कति बेला संक्रमित हुन्छ भन्ने भरोसा हुँदैन, जो पनि जोखिममा हुन्छ ।’

मन्त्रि खतिवडाले स्वास्थ्य मान्छे चाहिँ याे संक्रमणबाट संक्रमित नै भएपनि स्वास्थ्य भएर निस्कने बताउनुभयाे । ‘तर एउटा कुरा के हो भने, स्वास्थ्य मान्छे चाहिँ यो संक्रमणबाट संक्रमित नै भएपनि स्वास्थ्य भएर निस्कन सक्छन्, उसले यो रोगलाई परास्त गर्न सक्छ,’ काेराेनाकाे उदारहण दिँदै उहाँले भन्नुभयाे, ‘जसरी स्वास्थ्य मान्छेले कोरोनालाई परास्त गर्न सक्छ, स्वास्थ्य मान्छेले यी सामाजिक सञ्जालमार्फत गरिने दुश्प्रचारहरुलाई पनि पराजित गर्न सक्छन् ।’

साइबर अपराधका लागि सेवा प्रदायक संस्थाहरु र यसको नियमवन निकाय दुर सञ्चार प्रविधिकरणले काम गर्ने मन्त्री खतिवडाले बताउनुभयाे । सूचना प्रविधि र मिडिया काउन्सिल कानून बनाउँदा यी विषयमा थप छलफल गर्ने पनि उहाँले बताउनुभयाे ।

अहिलेको सूचना प्रविधिको विज्ञानलाई राेक्न नहुने तर व्यवस्थित गरेर स्थापीत गर्नुपर्ने पनि उहाँले बताउनुभयाे । ‘यसलाई राेकेर भन्दा पनि व्यवस्थित गरेर, जवाफदेही बनाएर अझ स्थापीत गर्दै लानुपर्छ,’ उहाँले भन्नुयभाे, ‘यो अपराध भयो भनेर रोक्ने कुराभन्दा पनि व्यवस्थित गर्ने कुरा हो, त्यसतर्फ पनि सकारकाे ध्यान जाने छ ।’

सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरको संवाद बाहिरिएपछि पूर्व सञ्चारमन्त्री गाेकुल बाँस्कोटाले राजीनामा दिनुभएकाे थियाे । त्यसपछि उक्त मन्त्रालय मन्त्री खतिवडाले सम्हाल्दै आउनुभएको छ ।

IME Lifesidebar
kumari